कर्पोरेट/पर्यटन
हवाई भाडा वृद्धि नगर्न क्यानको आग्रह
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्राकृतिक विपत्तिको विषम परिस्थितिमा हवाई भाडा वृद्धि नगर्न वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ ।
क्यानले बुधबार विज्ञप्ति जारी गरी आन्तरिक उडानतर्फका वायुसेवा कम्पनीलाई उक्त आग्रह गरेको हो ।
“हाल देशमा उत्पन्न बाढी तथा प्राकृतिक विपत्तिको विषम् परिस्थितिमा सर्वसाधारणको आवागमनमा सहजता र हितलाई मध्यनजर गर्दै नेपाल सरकारबाट स्वीकृत हवाई भाडादरको उच्चतम भाडादरभन्दा कम र परिस्थितिलाई मध्यनजर गर्दै समुचित हालको भाडादरमा नबढ्ने गरी हवाई टिकट उपलब्ध गराउने व्यवस्था गर्न निर्देशानुसार अनुरोध छ”, क्यान, हवाई यातायात विभागका उपप्रबन्धक सन्तोष अधिकारीेले भन्नुभयो ।




प्रतिक्रिया राख्नुहोस्