राजनीति

अनशन स्थगित गराउन देउवाइतरका नेताहरुको छलफल

महाधिवेशनको सुनिश्चितताको माग गर्दै संस्थापन इतर पक्षका जिल्ला सभापतिहरुले नेपाली काँग्रेस पार्टी कार्यालयमा जारी अनशन स्थगित गराउन सो समूहले छलफल गरेको छ । पार्टीका १४औँ महाधिवेशनका लागि निर्वाचनको वातावरण बन्दै भन्दै उनीहरु छलफलमा जुटेका हुन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा आज इतर समूहका नेता र जिल्ला सभापतिबीच भएको भेटमा जिल्ला सभापतिका मागप्रति केन्द्रीय सभापति सकारात्मक भएकाले जारी अनशन स्थगित गराउनका लागि छलफल गरिएको होे ।

अधिवेशनपूर्व क्रियाशील सदस्यतको नामावली सार्वजनिक गर्नुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचनमा एकरुपता ल्याउन निर्वाचन निर्देशिका संशोधन गर्नुपर्नेलगायत मागप्रति केन्द्रीय सभापति सकारात्मक भएकाले रिले अनशन स्थगित गरेर निर्वाचनमा जानका लागि सुझाव दिइएको पार्टीका पूर्वमहामन्त्री सिंहले जानकारी दिनुभयो ।

“भदौ १८ मै देशभरका छ हजार ७४३ वडामा अधिवेशन सुरु गर्नु संवैधानिक बाध्यता भएकाले एकजुट भएर महाधिवेशनमा जानेबारे बैठकमा छलफल भएको छ”, उहाँले भन्नुभयो । विधि र नियमअनुसार नै निर्वाचनमा जाने माहोल बन्दै गएको पनि पूर्वमहामन्त्री सिंहले चर्चा गर्नुभयो ।

बैठकमा नेतासँगै काठमाडौँका सबुज बानियाँ, नुवाकोटका जगदीश्वरनरसिंह केसी, धादिङका रमेश धमलालगायत जिल्लासभापतिको सहभागिता थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.