नेपाली महिलाहरुको विशेष पर्व हरितालिका तीजको महत्वपूर्ण दिन आज ऋषि पञ्चमी झरीकाबीच मनाइँदैन । झरीकाबीच महिलाहरुको मन्दिरहरुमा भीड लागेको छ ।
काठमाडौँको टेकूस्थित ऋषेश्वर महादेव मन्दिरमा बिहीबार ऋषि पञ्चमीको अवसरमा पूजाअर्चना गर्न महिलाहरु छाता ओढेर लामबद्ध भैरहेका छन् ।
महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने चलन छ ।

त्यसपश्चात सप्तऋषिको पूजा गरिन्छ । ऋषि पञ्चमीको दिन अरुन्धतीसहितको पूजा गर्नाले कुनै त्रुटि भएको भए त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।


तस्बिर : हरिराम भेटुवाल / रासस




प्रतिक्रिया राख्नुहोस्