राजनीति

एमालेले स्थानीयले बनाएको योजना अनुसार उद्धार र राहतमा सघाउने

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले स्थानीय बासिन्दाले बनाएको योजनाअनुसार पार्टीका नेता तथा कार्यकर्ता उद्धार, राहात, पुनर्निर्माण तथा पुनःस्थापनाको काममा खटिने बताउनुभएको छ ।

रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटका विभिन्न ठाउँमा स्थलगत निरीक्षणपछि पार्टीका जिल्ला नेता तथा कार्यकर्तासँग कुरा गर्दै उहाँले स्थानीय आवश्यकताका आधारमा आफूहरू खटिने बताउनुभएको हो ।

ठूला प्राकृतिक विपत्तिमा पनि एमालेका नेता, कार्यकर्ताले श्रमदान गरेर उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणको काम गरेको स्मरण गर्दै उहाँले यसपटक पनि सोहीअनुसार खटिने उहाँको भनाइ थियो ।

“तपाईँहरूले योजना बनाउनुहोस् । यस्तो प्रकारको सीप भएका जनशक्ति चाहियो भन्नुहोस् । पार्टीले त्यस्ता जनशक्ति पठाउँछ”, महासचिव पोखरेलले भन्नुभयो ।

सो पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार नुवाकोट सदरमुकाम विदुरमा केन्द्रीय सदस्य एवं नुवाकोट जिल्ला इन्चार्ज केशव पाण्डे र केन्द्रीय सदस्य एवं रसुवाका इन्चार्ज प्रेम तामाङले जिल्लामा बाढीले पुर्याएको क्षतिका बारेमा महासचिव पोखरेललाई जानकारी गराउनुभएको थियोे ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.