राजनीति

रुसी राष्ट्रपति पुटिनद्वारा समवेदना, प्रभावितलाई आवश्यक सहयोग गर्न प्रतिबद्धता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आवश्यक सहयोग गर्न प्रतिबद्धतासहित नेपालप्रति समवेदना प्रकट गर्नुभएको छ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहलाई बिहीबार पठाउनुभएको शोकसन्देशमा राष्ट्रपति पुटिनले बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्नुभएको हो।

राष्ट्रपति पुटिनले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। उहाँको सन्देशमा उल्लेख छ, “यस दुःखद घडीमा हामी मित्रराष्ट्र नेपाली जनतासँगै छौँ ।”

साथै, विपद्बाट घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको नेपालस्थित रुसी दूतावासले जनाएको छ।

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा जनधनको ठूलो क्षति पुर्‍याएको छ।

प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका कार्य जारी रहेका छन् भने विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायले नेपालप्रति समवेदना व्यक्त गर्दै सहयोगको प्रतिबद्धता जनाइरहेका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बाढीबाट प्रभावित नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न अमेरिका तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। अमेरिकाले प्रारम्भिक रूपमा पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता घोषणा गरिसकेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.