खोप्राडाँडाबाट देखिएको धौलागिरि हिमाल
म्याग्दीको अन्नपूर्ण गाउपालिका-५ खोप्राबाट बिहानीपख देखिएको धौलागिरि हिमाल । समुद्री सतहदेखि तीन हजार ६६० मिटर उचाइमा रहेको खोप्रा (खोप्रा डाँडा/खोप्रा रिज) अन्नपूर्ण र धौलागिरि हिमशृंखलाको मनोरम दृश्यका लागि प्रसिद्ध छ।
यस क्षेत्रबाट अन्नपूर्ण दक्षिण, धौलागिरि हिमाल, नीलगिरि, हिमचुली लगायतका हिमशृंखलाको अवलोकन गर्न सकिन्छ। खोप्रा पछिल्ला वर्षहरूमा आन्तरिक तथा विदेशी पर्यटकका लागि लोकप्रिय ट्रेकिङ गन्तव्यका रूपमा विकास हुँदै गएको छ।
खोप्राबाट धार्मिक तथा प्राकृतिक महत्त्व बोकेको खयर ताल सम्म पदयात्रा गर्न सकिन्छ। विशेषगरी जनैपूर्णिमाका बेला खयर तालमा धार्मिक मेला लाग्ने गर्दछ।

म्याग्दी ११ भदौः
म्याग्दीको अन्नपूर्ण गाउपालिका-५ खोप्राबाट बिहीबार बिहान देखिएको धौलागिरि हिमाल । समुद्री सतहदेखि तीन हजार ६६० मिटर उचाइमा रहेको खोप्राबाट मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । तस्बिरः सन्तोष गौतम/रासस
स्थानीय समुदायको सक्रियतामा सञ्चालित सामुदायिक लज मोडलका कारण यहाँको पर्यटनबाट प्राप्त आम्दानी स्थानीय विकास, शिक्षा तथा जीविकोपार्जनमा योगदान पुगिरहेको छ। स्थानीय बासिन्दाको मुख्य पेशा कृषि, पशुपालन तथा पर्यटनसँग सम्बन्धित व्यवसाय हो।
खोप्रा प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली संस्कृति र सामुदायिक पर्यटनको उत्कृष्ट संयोजनका कारण म्याग्दीको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यमध्ये एक मानिन्छ।
तस्बिरः सन्तोष गौतम/रासस




प्रतिक्रिया राख्नुहोस्