नेपाली खृलकूदमा सर्वाधिक सफल र लोकप्रिय रहेका नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले खेल जीवनबाट सन्यास लिए पनि उहाँको खेल कुशलताको आकर्षण अझै पनि रहेको छ ।
अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्इास लिएर क्रिकट संघको नेतृत्वमा पुगेका राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले भारतको लिजेन्ड्स लिग क्रिकेटका लागि गुजरात जायन्ट्सबाट खेल्ने हुनुभएको छ ।
गुजरातले बिहीबार पारसलाई अक्सनबाट १२ लाख पाँच हजार भारतीय रुपियाँ खर्च गरेर टोलीका अनुबन्ध गरेको हो । लिगमा ६ टोलीको सहभागिता रहने छ ।
पारसको टोली गुजरातमा क्रिस गेल, असगर अफगान, लिन्डल सिमोन्स जस्ता चर्चित खेलाडी अनुबन्ध हुनुभएको छ । तेस्रो संस्करणको लिजेन्ड्स लिग क्रिकेट सेप्टेम्बर २० तारिखबाट सुरु हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्