प्रबास

तनहुँ सेवा समाज यूएईद्वारा बाढीपीडितको उद्धार र राहतका लागि दुई लाख सहयोग

तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था तनहुँ सेवा समाज, यूएईले रसुवा बाढीपीडितको उद्धार र राहतका लागि रु दुई लाख सहयोग गरेको छ ।

रसुवा लगायतका जिल्लाका बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समाजले रु दुई लाख सहयोग गरेको हो ।

समाजले पाँचौँ अधिवेशन स्थगित गर्दै उक्त कार्यक्रमका लागि छुट्याइएको खर्च मध्येबाट उक्त सहयोग गरेको समाजका अध्यक्ष राजु तिमिल्सिनाले जानकारी दिनुभयो ।

उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली तथा विभिन्न सङ्घसंस्थालाई सहयोगका लागि समाजले आह्वानसमेत गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.