क्रिकेटखेल

नेपाल ‘ए’ले जित्यो आसामविरुद्धको टी-२० शृंखला

नेपाल ‘ए’ले घरेलु टोली आसाम प्रदेश क्रिकेट संघविरुद्धको ट्वान्टी-२० शृंखला आफ्नो पोल्टामा पारेकाे छ । सोमबार भएको खेलमा पाँचौं तथा अन्तिम खेलमा आसामलाई ४४ रनले पराजित गर्दै नेपाल पाँच खेलको शृंखला ३-२ ले जित्दै आफ्नो पोल्टामा पारेको हो ।

भारतको गुवाहटीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले ३९ बलमा पाँच छक्का र दुई चौकाको मद्दतले ६४ रनको अर्धशतकीय पारी खेले भने शुभ कंसाकारले ४१ तथा इशान पाण्डेले ३२ रन बनाए ।

आसामका लागि आयुष्मान मलाकार र अभिनव चौधरीले समान दुई-दुई विकेट लिए । नेपाल ‘ए’ ले प्रस्तुत गरेको २ सय ९ रनको लक्ष्य लिएर मैदान उत्रेको आसामले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रन मात्र बनाउन सक्यो । आसामका लागि भार्गव लहकरले सर्वाधिक अविजित २९ रन बनाए भने साहिल जैन र कप्तान सुमित घडिअन्करले समान २५-२५ रन जोड्दा सौरभ दिहिगाले १७ रन बनाए ।

नेपालका लागि शेर मल्ल, आकाश चन्द र पवन सर्राफले समान दुई-दुई विकेट लिए भने बसिर अहमदको भागमा एक विकेट रह्यो । गत बिहीबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा आसम ‘डीएल पद्धति अनुसार १५ रनले विजयी भएको भएको थियो भने दोस्रो खेलमा नेपाल ९६ रनले विजयी भएको थियो । त्यस्ते तेस्रो खेलमा नेपाल ९ रनले विजयी हुँदा चौथो खेलमा आसाम १८ रनले विजयी भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.