जल/वातावरण

१२ जिल्लामा समुदास्तरमै कोरोना संक्रमण- त्यहाँ नियन्त्रण गरे अन्यत्र फैलदैन

जनस्वास्थ्यविद्ले १२ जिल्लामा सङ्क्रमण समुदायस्तरमा नै पुगेकाले नियन्त्रण गर्नुपर्ने बताँदै ५०० भन्दा बढी कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण भएका जिल्लालाई नियन्त्रण गर्न सके अरु जिल्लामा फैलन नसक्ने बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जनस्वास्थ्यविद् डा सुरेश तिवारीले ती १२ जिल्ला सङ्क्रमणको हटस्पट भएको र त्यहाँ सङ्क्रमण समुदायस्तरमा पुगेकोभन्दै नियन्त्रणका लागि सो सुझाव दिनुभएको हो ।

मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित छन् । मंगलबार एकै दिन एक हजार ६९ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म ४० हजार ५२९ जनामा सङ्क्रमण देखिएको छ ।

जनस्वास्थ्यविद् डा तिवारीका अनुसार औसत २२ देखि २४ प्रतिशतले सङ्क्रमण बढिरहेको छ । महिलामा आठ प्रतिशत र वृद्धमा एक प्रतिशतबाट चार प्रतिशत पुगेको छ । परीक्षण गरिएकामध्ये ८ देखि ९ प्रतिशतमा सङ्क्रमित बढिरहेको तथ्यांकले देखाएको जनाइएको छ । डा तिवारीले कोभिड १९ कै कारण मुलुकको अर्थतन्त्र ठप्प पार्न नहुने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.