राजनीति

जेनजीलाई समर्थन छ, तर म जान मिल्दैन : बालेन शाह

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल प्रतिबन्धको विरुद्धमा जेनजीले सोमबार गर्ने र्‍यालीको समर्थन जनाउनुभएको छ ।

बालेन्द्र शाह (बालेन

आइतबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उहाँले र्‍यालीको समर्थन गर्ने तर आफू भने उमेर हदका कारण सहभागी हुन नसक्ने बताउनुभएको हो ।

उहाँले यो र्‍याली स्वस्फूर्त र २८ वर्षभन्दा कम उमेरका युवाको रहेको भन्दै यसमा कुनै पनि पार्टी, नेता वा अभियन्ताले आफ्नो स्वार्थ पूरा गर्न नहुने सुझाव पनि दिनुभएको छ । त्यस्तै मेयर शाहले युवाहरूलाई सम्बोधन गर्दै ‘कस्तो देश देख्न चाहनुहुन्छ?’ भनी प्रश्न पनि गर्नुभएको छ ।

मेयर बालेनले फेसबुकमा लेख्नुभएको छ, “भोलीको र्‍याली स्पष्ट स्वतस्फुर्तरुपमा जेनजी को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुढो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ । भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद , बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ । प्रिय जेनजी भन्नुस् तपाईँहरुले कस्तो देश देख्न चाहनु हुन्छ ?”

जेनजी पुस्ताले सोमबार बिहान ८ बजेदेखि सरकारले हालै सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचार मौलाएको विरोधमा प्रदर्शन गर्न लागेका हुन् ।

“जेनजी पुस्ता आयो भने कसैले रोक्न सक्दैन”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.