राजनीति

नवनियुक्त उद्योगमन्त्री साहद्वारा पद तथा गोपनियताको शपथ

दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त हुनुभएको छ । बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई उद्योगमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

अभिव्यक्तिका कारण विवादमा तानिएकी गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री शाहले साहलाई मन्त्रीमा सिफारिस गर्नुभएको थियो ।

नवनियुक्त उद्योगमन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिनुभएको हो । साह सुनसरी–४ बाट निर्वाचित प्रतिनिधिसभा रास्वपा सदस्य हुनुहुन्छ ।

ग्यास अभावबीच उद्योगमन्त्रीमा दीपककुमार साह, नयाँ मन्त्रीसामु चुनौतीको पहाड

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.