फोटो फिचर

क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत गरिँदै

भदौ १० गते रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले दर्जनौं पुल र कैयौं किलोमिटर सडक क्षतिग्रस्त बनायो । मृत्यु र वेपत्ता हुनेको संख्या अझै यकिन छैन, खोजीकार्य जारी छ । संगसंगै सडक तथा पुल मर्मतकार्य पनि जारी रहेको छ ।

सोही बाढीले क्षति पुर्याएको नुवाकोटको बेलकोटगढी–५ केउरिनी र धादिङको गल्छी गाउँपालिका–१ गगते जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल अहिले धमाधम मर्मत भैरहेको छ ।

बाढीले रसुवा र नुवाकोटतर्फका पक्कि पुल सबै क्षति पुगेका छन् भने मर्मत गरेर सञ्चालन गर्न सकिने झोलुङ्गे पुलको काम थालिएको सस्पेन्सन ब्रिज डिभिजन ललितपुरले जनाएको छ ।

तस्बिर : रामहरि न्यौपाने/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.