कर्पोरेट/पर्यटन

पर्यटन प्रवर्द्धनका लागि ‘गुगल म्याप’सहितको ‘क्युआर’

पर्सा जिल्लाको पर्यटन प्रवर्द्धन तथा पर्यटकको सुरक्षा तथा सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय पर्साले ‘गुगल म्याप सहितको ‘क्युआर’ प्रणालीको विकास गरेको छ ।

उक्त प्रणालीमा धार्मिक, पुरातात्विक तथा पर्यटकीय स्थानको पहिचान, सो स्थानमा पुग्न लाग्ने समय उपलब्ध छ । यस्तै, खाना नास्ता तथा बसोबासका लागि उपलब्ध होटल पनि क्युआर प्रणालीमा हेर्ने सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

रेष्टुरेन्ट तथा रिसोर्टको सुविधा, नजिकको प्रहरी कार्यालय तथा सम्पर्क फोन नम्बर, वीरगञ्जदेखि ती स्थानमा पुग्न लाग्ने अनुमानित समय, सडक तथा यातायातको अवस्था, नजिकको अस्पतालको विवरण समावेश गरिएको छ । प्रहरीले उक्त क्युआर स्क्यान गरी आफूलाई चाहिने सूचना प्राप्त गर्न सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.