राजनीति

आज पनि नहुने भो मन्त्रिमण्डल विस्तार

सरकार गठन भएको साँढे दुई महिना नाघिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । बुधबार नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि बाँकी मन्त्रालयहरुले पनि नेतृत्व पाउने सम्भावना बढेको थियो । तर सत्ता गठबन्धनले अझै त्यसमा सहमति गर्न सकेका छैनन् ।

आज बिहिबारसमम मन्त्रिमण्डलले पूर्णता पाउने शीर्ष नेताहरुले बताइरहे पनि बुधबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने मात्र तय भयो ।

“बैठकमा मन्त्रिपरिषद् विस्तार, सदन सञ्चालन, सदनमा पेश भएका विभिन्न विधेयकका बारेमा छलफल भयो”, उहाँले भन्नुभयो, “जतिसक्दो चाँडो मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल भयो ।”

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराई र उपेन्द्र यादव तथा कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button