जन सरोकार

एयर गनसहित एक जना पक्राउ

सुनसरी, धरान उपमहानगरपालिका-१४ विजयपुर बस्ने ३९ वर्षीय अमनध्वज कार्कीलाई १ थान एयर गनसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कार्कीको घरकोठामा अवैध हतियार लुकाई छिपाइ राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी विजयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गनसहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.