राजनीति

गुण्डुबाट ओेलीको गर्जन : ‘हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्दैनौ’

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले मात्रै देश बनाउने दावी गर्दै यो हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश नभाग्ने बताउनुभएको छ ।

केही दिनयता नेताहरुको पासपोर्ट रोक्का गर्ने सन्दर्भका समाचारहरु सार्वजनिक हुन थालेपछि शनिबार भक्तपुरको गुण्डुमा आयोजना गर्नुभएको चियापान समारोहमा उहााले सो कुरा बताउनुभएको हो ।

चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश नभाग्ने बताउँदै आफ्नै नेतृत्वको दलले देश बनाउने र संवैधानिक र लोकतान्त्रिक मूल धारमा ल्याउने समेत जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले म सुनिरहेको छु, सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ । पासपोर्ट रोक्ने, के ठानेको छ ? यो हाहुको सरकारलाई देश जिम्मा लाइदिएर हामी विदेश भाग्छौं ?’

अध्यक्ष ओलीले अगाडि भन्नुभयो, ‘हामीले यो देश बनाउनुपर्नेछ, फेरि पनि हामी यो देशलाई संवैधानिक, लोकतान्त्रिक मूल धारमा ल्याउँछौं ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.