“मेरो राजीनामापछि आगजनीका घटना घटे” : पूर्व प्रधानमन्त्री ओली
पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते आफ्नो हातमा केही पनि नरहेको थाहा पाएपछि प्रधानमन्त्री राजीनामा दिएको र राजीनामा लगत्तै देशभर तोडफोड, आगजनी अनेक घटना घटेको बताउनुभएको छ ।
शनिबार भक्तपुरस्थित गुण्डुमा युवा संघले आयोजना गरेको दशैं विषेश शुभकामना कार्यक्रममा उहाँले गत भदौ २३ र २४ भदौको घटानाबारे जानकारी गराउँदै यस्तो बताउनुभएको हो ।
कार्यकर्तामाझ उहाँले भन्नुभयो, “जब मेरो हातमा केही पनि रहेन भन्ने थाहा पाएपछि मैले राजीनामा गरेको हुँ। त्यसपछि तोडफोड, आगजनी अनेक घटनाहरू घटे ।”
त्यस क्रममा उहाँले २३ गते गोली कसरी चल्यो भन्नेमा आफू आश्चार्यमा रहेको पनि बताउँदै भन्नुभयो “गोली कसरी चल्यो, गोली चल्ने तहमा कसरी पुग्यो मैले सोधेको छु । पछि मैले सुने १४ जनाको निधन भइसक्यो।”
प्रहरीले खुट्टा मुनी गोली हान्नुपर्ने भए पनि टाउको र छातीमा ताकिताकी हानिएको भन्दै त्यसबाट पनि आफू पनि आश्चार्यमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मैले सुनेको छु टोउकोमा गोली लागेको छ। म सोच्दैछु यस्तो किन भइरहेको छ। कसरी रोक्न सकिन्छ यस कुरालाई मैले भन्दैछु । देशमा रक्तपात नहोस् भनेर म सोच्दैछु। जसले त्यो उप्रदो मच्चाउँछ त्यसले केपी ओली दोषी भन्ने। त्यस घटनाप्रति म स्तब्ध भएको हुँ।”




प्रतिक्रिया राख्नुहोस्