राजनीति

राष्ट्रपति पौडेलद्वारा विजया दशमीको टीका ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका लगाउनुभयो ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लागाउनुभएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले राससलाई जानकारी दिनुभयो ।

त्यसपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेल तथा परिवारका अन्य सदस्यलाई टीका लगाइदिनुभयो । अघिल्ला वर्षमा जस्तो यसपटक राष्ट्रपतिबाट सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.