जल/वातावरण

धरानमा २८ वर्षीय युवतीको कोरोना संक्रमणबाट मृत्यु

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ । सुनसरीको इनरुवा नगरपालिका–४ की २८ वर्षीया युवतीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशीस श्रेष्ठले जानकारी दिनु भयो ।

उनलाई असोज ८ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कुनै दीर्घ रोग नभएको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।

यसै गरी बिराटनगरमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बिराटनगरकी ६८ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको हो ।

कोरोना पुष्टि भएसँगै असोज ११ गते आइसोलेसनमा भर्ना गरिएको बिराटनगर महानगरपालिका–३ घर भएकी उनको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा शनिबार बिहान करिब २ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभऋएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.