प्रदेशलुम्बिनी

प्रदेश ५ को बैठकमा विपक्षी दलका सांसदले गरे तोडफोड

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सासदहरुले प्रदेश नम्बर ५ को प्रदेशसभामा तोडफोड गरेका छन् । बैठकको प्रारम्भमै अबरोध गरेपछि केही समयका लागि स्थगित बैठक पुनः संचालन हुँदा विपक्षी दल नेपाली कांग्रेसले नाराबाजीसहित प्रदर्शन गर्नुका साथै तोडफाुड गरेका छन् ।

सोमबार दोस्रो बैठक सभामुखले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसद उठेर रोष्टम घेर्न पुगेका थिए । सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने कांग्रेसले माग राखेको हो ।

कांग्रेसको विरोधबीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई समय दिएपछि कांग्रेस सांसदले छेकेका थिए ।

सभामुखले समय दिएपछि मन्त्री केसीले स्थायी राजधानी र प्रदेशको नामबारे प्रस्ताव छलफलका लागि पेश गरेलगत्तै विपक्षी सांसदहरूले संसदको कुर्सी उचालेर टेबुल तोडफोड गरेका हुन । उनीहरूले बोल्ने माइक पनि तोडफोड गरे भने टेबुल पनि भुइँमा ढलाइदिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.