जल/वातावरण

२४ घण्टामा थपिए १५ सय ५१ जना संक्रमित, कूल संख्या ९० हजार नाघ्यो

पछिल्लो २४ घण्टामा नेपालमा १५ सय ५१ जनामा संक्रमित थपिएका छन् । केही दिनयता दुई हजारभन्दा बढीका दरले संक्रमित थपिइरहेका बेला मंगलबार भने सो संख्या घटेको छ । संक्रमितमध्ये उपत्यकामा मात्र १ हजार १७ जना रहेका छन् । जसमध्ये काठमाडौंका ७८३, ललितपुरका ११८ र भक्तपुरका ११६ जनामा संक्रमण देखिएको हो मंगलबार थपिएका समेत नेपालमा संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले दिएको जानकारी अनुसार यस अवधिमा २२ हजार ७०९ कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै संस्थागत आइसोलेसनमा ९ हजार ११८ जना रहेका छन् भने होम आइसोलेसनमा १३ हजार ५९१ जना र यस्तै क्वारेन्टाइनमा ४ हजार २२१ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा ११ हजार ४७ नमूनाको पीसीआर परीक्षण भएको छ । मंगलबार २३ सय ४० जनाले कोरोना जितेर डिस्चार्ज भएसंगै कुल डिस्चार्ज हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।

त्यसै गरी नेपालमा कोरोनाबाट ५६३ जनाको मृत्यु भएको छ । मंगलबार ९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । मृतकमध्ये ५ जना काठमाडौं उपत्यकाका रहेका छन् । काठमाडौंका ५९ र ६० वर्षीया महिला, ललितपुरमा ६७ वर्षीया महिला र ६१, ७७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.