राजनीति

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने एकहप्ते अभियान आजदेखि काभ्रेपलाञ्चोकमा सुरु गरिएको छ ।

यही असोज २७ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा पार्टीका केन्द्रीय प्रतिनिधिका रुपमा सांसदत्रय जगदीश खरेल, गणेश कार्की र कुसुम महर्जन खटिनुभएको छ ।

त्यस अभियानको बनेपामा उद्घाटन गर्दै सांसद महर्जनले अभियानमा सरिक भई आफ्ना समस्या र गुनासा राख्न स्थानीय नागरिकसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अभियानमा उपस्थित भई तपाईंहरुले गुनासा, समस्या तथा विकास निर्माणका विषयमा सुझाव राख्न सक्नुहुन्छ, नभ्याए लिखितरुपमा पनि दिनुस् ।”

अभियानअन्तर्गत जिल्लाका १३ वटै स्थानीय तहमा पुगेर जनतासँग प्रत्यक्ष संवाद, स्थानीय समस्या तथा जनगुनासो सङ्कलन र पार्टीको राजनीतिक अभियानलाई जनस्तरसम्म पुर्याउने कार्यक्रम रहेको जनाइएको छ । पार्टीको केन्द्रीय समितिद्वारा परिचालित प्रतिनिधिले आलोपालो जिल्ला तथा स्थानीय नेता कार्यकर्तासँगको समन्वयमा विभिन्न नगर तथा गाउँपालिकामा नागरिक, कार्यकर्ता तथा सरोकारवालासँग भेटघाट गर्नेछन् । त्यसका लागि स्थान र समय तालिकासमेत सार्वजनिक गरिएको छ ।

अभियानबाट स्थानीय तहका समस्या बुझ्ने, जनताका अपेक्षा सुन्ने र पार्टीका आगामी राजनीतिक यात्राका लागि आधार तयार गर्ने उद्देश्य रहेको रास्वपाका जिल्ला सभापति प्रवीणकुमार ढकालले बताउनुभयो ।

उहाँका अनुसार अभियानलाई केवल राजनीतिक भेटघाटमा मात्रै सीमित नराखी जनताको घरदैलोमा पुगी वास्तविक समस्याबारे जानकारी लिई त्यसको सम्बोधनका लागि केन्द्रलाई सुझाव दिइने छ । उहाँले भन्नुभयो, “यस अभियानले जिल्लाको राजनीतिक अवस्था र नागरिकको अपेक्षालाई नजिकबाट बुझ्ने अवसर प्राप्त हुने अपेक्षा गरेका छौँ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.