हाचिजो र आओगाशिमा शक्तिशाली आँधीको चेतावनी
जापानी अधिकारीहरुले हाचिगो र आओगाशी टापुमा आँधी र उच्च समुद्री छालको आपतकालीन चेतावनी दिंदै घरहरु भत्काउनसक्ने भन्दै स्थानीयबासीलाई सावधान रहन आग्रह गरेका छन् ।
समाचार अनुसार शक्रिशाली तुफान ‘हालोङ’ उत्तरतिर अघि बढिरहेको र बिहिबार विहान राजधानी टोकियोको इजु टापु समूहको नजिक पुग्ने अनुमान गरिएको छ ।
जापान मौसम विज्ञान एजेन्सीले वर्षको २२ औं आँधीको नाम दिइएको हालोङ बिहीबार बिहानै इजु टापुहरू पार गर्दै उत्तरतिर जाने दिउँसो टोकियो सहितको कान्टो क्षेत्रको पूर्वमा समुद्रतिर जानेछ। मौसम एजेन्सीले बिहीबार दिउँसोदेखि २४ घण्टामा इजु टापुहरूमा ३०० भन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ ।
आँधी बुधबार बिहान ९ बजेबाट १५ किलोमिटर प्रतिघण्टाको गतिमा बढिरहेको हालोङमा ९३५ हेक्टोपास्कलको केन्द्रीय चाप छ, जसको केन्द्र नजिकै अधिकतम हावाको गति १८० किलोमिटर प्रतिघण्टा छ र अधिकतम तात्कालिक हावाको गति २५२ किलोमिटर प्रतिघण्टा छ।




प्रतिक्रिया राख्नुहोस्