राजनीति
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान
अर्थमन्त्री डा स्वर्णिम वाग्ले विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन बैंकक प्रस्थान गर्नुभएको छ ।
बैंककमा रहँदा उहाँले कोषका प्रबन्ध निर्देशक, विश्व बैंकका सञ्चालन प्रबन्ध निर्देशक र एसियाली विकास बैंकका अध्यक्षसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
वार्षिक बैठक तथा त्यस क्रममा हुने अन्य बैठकमा अर्थ मन्त्रीले विपद् व्यवस्थापनलाई प्राथमिकता दिँदै प्राकृतिक प्रकोप र पूर्वतयारीसम्बन्धी विशेष आफ्नो अभिमत प्रस्तुत गर्नुहुने छ ।
मन्त्री वाग्लेका साथ अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र अन्तरराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल हुनुहुन्छ ।




प्रतिक्रिया राख्नुहोस्