राजनीति

प्रस्तावित राजदूतको सुनुवाइ जारी

संसदीय सुनुवाइ समिति (संयुक्त)ले मंगलबार पाँच जना प्रस्तावित राजदूतको सुनुवाइ गरेको छ ।

समिति सभापति बोधनारायण श्रेष्ठको अध्यक्षमा भएको बैठकले प्रस्तावित राजदूतहरू क्रमशः सरू जोशी (जर्मनी), सुरेशकुमार कर्ण(इजरायल) पदमाक्षी राणा ( ओमान )सङ्गम श्रेष्ठ (दक्षिण कोरिया) र प्राप्ति शेरचन (स्पेन)को सुनुवाइ गरेको हो ।

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।

समितिको बुधबार हुने बैठकमा प्रस्तावित अन्य राजदूतको सुनुवाइ हुनेछ । साथै, बैठकले सबै १३ जना प्रस्तावित व्यक्तिलाई अनुमोदन गरी नियुक्तिका निम्ति सिफारिस गर्ने सम्भावना छ ।

मन्त्रिपरिषद्को यही असोज २ गतेको बैठकले१३ मुलुकका लागि राजदूत सिफारिस गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.