राजनीति

प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल हेरफेर, अर्थमा विष्णु पौडेल पोखरेलको रक्षामन्त्री खोसियो

सत्तारुढ नेकपाको निर्णय अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् हेरफेर गर्नुभएको छ । नयाँ मन्त्रीमा नेकपा महासचिव बिष्णु पौडेललाई अर्थ मन्त्री नियुक्त हुनुभएको छ भने उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई रक्षाबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सारिएको छ । रक्षा मन्त्रालय प्रधानमन्त्रीले आफैं राख्नुभएको छ ।

त्यस्तै सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ नियु्क्त हुनुभएको छ भने लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनाइएको छ । यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरूङलाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ ।

नवनियुक्त तीन जना मन्त्रीहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिनेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार बिहीबार बिहान साढे ११ बजे शितलनिवासमा सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.