अर्थसेयर बजार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढेर दुई हजार ६२१ दशमलव २६ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ७९ अङ्कले बढेर ४७४ दशमलव ९६ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ६१ अङ्कले बढेर १८१ दशमलव ६३ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ७१ अङ्कले बढेर १६० दशमलव ६८ मा पुगेको छ ।

बुधबार विभिन्न कम्पनीका एक करोड १६ लाख ७४ हजार २०९ कित्ता शेयर रु चार अर्ब १३ करोड ६१ लाख ६१ हजार ३३१ खरिदबिक्री भएका छन् ।

तेह्र वटै उपसमूहमध्ये सबै उपसमूह बढेका छन् । बुधबार १८८ कम्पनीको शेयर बढ्यो भने ८० कम्पनीको शेयर घट्यो । त्यसैगरी, नौ कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार बुधबार एसबिएल डिबेञ्चर, नेपाल एसबिआई बैंक डिबेञ्चर र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सगरमाथा जलविद्युत् कम्पनी, एभरेष्ट कलर र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.