क्रिकेटखेल

एनपिएल : कर्णालीविरुद्ध जनकपुर फिल्डिङमा

काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा साँझ ५:०० बजेबाट सुरु हुनेछ । जारी सिजनमा कर्णाली र जनकपुरको यो पहिलो खेल हो । यसअघि आजै भएको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई आठ रनले पराजित गरेको छ ।

तेस्रो संस्करणको एनपिएलमा केही नयाँ सुविधा थपिएका छन् । पहिलोपटक एनपिएलमा ‘डिसिजन रिभ्यु सिस्टम’ (डिआरएस) को व्यवस्था गरिएको छ ।

यस्तै, अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पहिलोपटक एनपिएललाई अन्तरराष्ट्रिय मान्यता प्रदान गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुरस्कार राशि पनि वृद्धि गरेको छ ।

यसपालि उपाधि विजेता टोलीले रु एक करोड ५० लाख प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीलाई रु ८० लाख प्रदान गरिने क्यानले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.