जन सरोकार

सामाजिक समस्यासँग जुधिरहनुभएकी पार्वतीले नागरिकता पाएपछि …

श्रीमान्को मृत्युपछि आर्थिक तथा सामाजिक समस्यासँग जुधिरहनुभएकी झापाको शिवसताक्षी नगरपालिका–८ की पार्वती ऋषिदेवका लागि नेपाली नागरिकता प्राप्ति नयाँ आशा बनेको छ ।

नागरिकता नहुँदा राज्यको सामाजिक सुरक्षा सुविधाबाट वञ्चित रहनुभएकी उहाँले अब एकल महिला भत्ता पाउने हुनुभएको छ । श्रीमान् शंकर ऋषिदेवको मृत्युपछि पार्वतीको जीवन थप कष्टकर बनेको थियो ।

आर्थिक अवस्था कमजोर हुनुका साथै नागरिकता नहुँदा उहाँ सरकारी सेवा सुविधाको पहुँचबाट बाहिर रहनुभएको थियो । दैनिक जीवनयापनका आधारभूत आवश्यकता पूरा गर्न कठिनाइ भोग्दै आउनुभएको थियो ।

नागरिकता प्राप्तीपछि खुसी हुँदै पार्वतिले भन्नुभयो, “नागरिकता नहुँदा धेरै समस्या थियो । अहिले नागरिकता बनेको छ, भत्ता पनि पाउने भएँ । मोबाइलसमेत पाएकी छु । अब घर पनि बनाइदिने भन्नुभएको छ, यसले मलाई धेरै खुसी लागेको छ ।”

उहाँको अवस्थाबारे जानकारी पाएपछि शिवसताक्षी नगरपालिका–८का वडाध्यक्ष सन्तकुमार फेउदिनले नागरिकता बनाउन पहल गर्नुभएको थियो । उहाँकै पहलमा पार्वतीले शत्रबार वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गर्नुभएको हो ।

त्यसपछि वडा कार्यालयले एकल महिला सामाजिक सुरक्षा परिचयपत्र बनाइदिएको छ । अब उहाँले चालु आर्थिक वर्षको कात्तिकदेखि मासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुहुनेछ ।

वडा सचिव पुष्पलाल पाण्डेले सामाजिक सुरक्षा परिचयपत्र उहाँकै घरमा पु¥याइदिनुभएको छ । कार्यालयसम्म पुगेर सेवा लिन कठिन हुन सक्ने अवस्थालाई ध्यानमा राखेर घरमै परिचयपत्र पु¥याइएको उहाँले बताउनुभयो ।

नागरिकता र सामाजिक सुरक्षा भत्ताको पहुँच खुले पनि पार्वतीको समस्या पूर्ण रूपमा समाधान भएको छैन । सुरक्षित आवास नभएकी उहाँका लागि आगामी मङ्सिरदेखि घर निर्माण गरिदिने प्रतिबद्धता वडाध्यक्ष फेउदिनले जनाउनुभएको छ ।

“नागरिकता, सामाजिक सुरक्षा र मोबाइल फोनको व्यवस्था गरेपछि पनि पार्वतीको समस्या पूर्ण रूपमा समाधान भएको छैन । उहाँलाई सुरक्षित रूपमा बस्न मिल्ने घरको आवश्यकता छ । त्यसैले मङ्सिरदेखि घर निर्माणको काम अघि बढाउने योजना बनाएको छु,” उहाँले भन्नुभयो ।

वडाध्यक्ष फेउदिनले आफ्नो वडाका आर्थिक रूपमा विपन्न, अपाङ्गता भएका तथा उपचार र दैनिक जीवनयापनमा समस्या भोगिरहेका नागरिकलाई व्यक्तिगत पहलमा सहयोग गर्दै आउनुभएको बताउनुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.