जन सरोकार

दुई सशस्त्र प्रहरी नायव निरीक्षक निलम्बित

आचारण विपरित काम गर्ने दुई जना सशस्त्र प्रहरी नायव निरीक्षकहरुलाई निलम्बन गरी विभागीय कारवाही प्रक्रिया अगाडी बढाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण बहादुर मगरलाई निलम्बन गरिएको हो ।

सशस्त्र प्रहरी नायव निरीक्षक सुवेदीले यही कार्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरु पुर्‍याई कार्यालय फर्कने क्रममा दिईएको जिम्मेवारी सहि ढंगले निर्वाह नगरेपछि सवारी दुर्घटना हुन पुगेको थियो ।

त्यस्तै गत असोज २० गते भारतीय भूमिमा मृत्त अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवको घटनामा प्रारम्भि छानविन गर्दा विभागीय नीति तथा आदेश विपरीत कार्य गरेको देखिएकाले सशस्त्र प्रहरी नायव निरीक्षक मगरलाई पनि निलम्बन गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.