क्रिकेटखेल

फाफ डुप्लेसिसले विराटनगर किङ्सबाट एनपिएल खेल्ने

विराटनगर किङ्सले दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान फाफ डुप्लेसिसलाई आफ्नो टिममा भित्र्याएको छ । योसंगै फाफले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण खेल्ने भएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गरी विराटनगरले ४१ वर्षीय ब्याटर डुप्लेसिसलाई टोलीमा भित्र्याएको जानकारी दिएको हो । फाफले फ्रेन्चाइज लिग धेरै प्रतियोगितहरि खेलेका छन् ।

उनी आसन्न एनपिएलको दोस्रो संस्करण खेल्ने विदेशी खेलाडीमध्ये सबैभन्दा ठूलो नाम हो । उनले न्डियन प्रिमियर लिग(आइपिएल)मा चेन्नाई सुपर किङ्स र रोयल चेलन्जर्स बैंगलुरुमा खेलेको अनुभव पनि छ ।

विराटनगरले फापको अनुबन्धले एनपिएलको गरिमा थप बढाउने बताएको छ । फाफले अन्तर्राष्ट्रिय क्रिकेटमा ६९ टेस्ट, १४३ एकदिवसीय र ५० ट्वान्टी-२० खेल खेलेका छन् ।

विराटनगर किङ्समा सन्दीप लामिछाने मार्की खेलाडी रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.