विश्व समाचार

उपभोग्य सामग्री किनेर राख्न सर्वसाधारणलाई चीन सरकारको आग्रह

सन् २०२० को फेब्रुअरी महिनामा चीनमा देखापरेको भनिएको कोरोना भाइरस संक्रमण नियन्त्रणमा अत्यधिक सफल देखिएको चीनमा पुनः संक्रमण बढ्न थालेको छ । यसबीच चीन सरकारले सर्वसाधारण नागरिकलाई आवश्यक उपभोग्य सामग्री किनेर राख्न आग्रह गरेको छ ।

चीनको वाणिज्य मन्त्रालयले कुनै कारण नखुलाईकन उपभोग्य सामग्री खरीद गरेर राख्न सूचना प्रकाशित गर्दै स्थानीय निकायहरूलाई उपभोग्य सामानको निरन्तर आपूर्ति गराउन तथा मूल्य स्थिर राख्न निर्देशन दिएको छ ।

त्यस्तो सूचना जारी भएपछि सर्वसाधारण मानिसहहरू आत्तिएर किनमेल गर्न गएका थिए । सरकारी सञ्चारमाध्यमले उनीहरूलाई शान्त पार्न खोजेको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध भएको मानिने इकोनमिक डेलीले आफ्ना पाठकलाई नआत्तिन आग्रह गरेको छ । सरकारले लकडाउन घोषणा गरेको खण्डमा सामान अभाव नहोस् भन्ने सरकारले चाहेको उसले जनाएको छ ।

पीपल्स डेली समाचारपत्रका अनुसार त्यस्ता सूचनाहरू अस्वाभाविक हैनन् । तर अहिले तरकारीको भाउ बढेको तथा कोभिडका नयाँ बिरामी फेला परिरहेको बेला त्यस्तो सूचना आएको छ ।

चीनमा हिउँदको समयमा खाद्यपदार्थको मूल्य बढ्ने गर्छ । तर प्रतिकूल मौसमका कारण केही सातादेखि तरकारीको भाउ अकासिएको छ ।

कोरोनाभाइरस महामारी नियन्त्रण गर्ने प्रयासस्वरूप चीनमा निरन्तर कडा लकडाउन लगाइएको छ । फेब्रुअरीमा आयोजना गर्न लागिएको ग्रीष्मकालीन ओलिम्पिक्सअगाडि नै कोरोनाभाइरस सङ्क्रमण शून्यमा झार्न चीनले खोजेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.