जापान

गुल्मेली समाज जापानले विविध कार्यक्रम गर्ने

गुल्मेली समाज जापानको नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । टोकियोको सोलमारी मुरा हलमा सम्पन्न बैठकमा पुरानो कार्यसमितिलाई धन्यवाद दिदै आगामी दिनमा समाजले गर्ने कामको बारेमा विभिन्न निर्णय समेत गरेको छ ।

समाजभित्र जापानमा रहेका सबै गुल्मेलीलाइ समेट्न नागोया र फुकुओका क्षेत्रीय कमिटी गठन गर्ने भएको छ । जसको संयोजकमा बाबुराम खरेल र टिकाराम खरेललाई राखिएको छ । दयाराम खरेल, रामप्रसाद ढकाल र प्रर्शुराम न्यौपाने रहेको समूहले समाजभित्र बिगतमा भएका सम्झनालायक कामको अभिलेख र जानकारी राख्ने निर्णय गरेको छ ।

समाजले जनवरी १० तारिक नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सहित विधान संशोधन अधिवेशन गर्ने भएको छ । साथै समाजको आजिवन सदस्यता पनि खुल्ला गरिएको छ।

त्यस्तै मनोनीत सदस्यहरुमा इन्द्र थापा, प्रेमलाल पाण्डेय, दिनेश सापकोटा, टिकु बिप्लव, अर्जुन खरेल जिवलाल न्यौपाने र दिपक कँडेललाई छनोट गरिएको छ भने संस्थाको प्रवक्तामा दिलिप थापालाई राख्ने निर्णय समेत भएको छ।

विधान अनुसार स्वतः पदेन सदस्य हुने भएकोले साविकका गाविस समाजका अध्यक्षलाई सदस्यमा राखिएको छ । कार्यक्रम समाजका अध्यक्ष महेन्द्र कुमार अधिकारीको अध्यक्षता महासचिव संगिता कुवँरको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.