जन सरोकार

रेल सेवा व्यवस्थित गर्न माग

जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ ।

अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वको टोलीले जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै रेल सेवालाई थप व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न बनाउन आग्रह गरेको हो ।

अभियानले रेल यात्रुको सहज आवागमन, रेल्वे प्लेटफर्मको नियमित सरसफाइ, व्यवस्थित प्रतीक्षालय, शौचालय तथा खानेपानीको उचित प्रबन्ध गर्न माग गरेको छ ।

रेल्वे स्टेसनमा रहेका भौतिक संरचनाको मर्मतसम्भार, विद्युतीय उपकरणको नियमित सञ्चालन, खाली जग्गालाई पार्क तथा बगैँचाका रूपमा विकास, हाट बजारको व्यवस्थित सञ्चालन तथा सडक र छेकबारको उचित व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।

रेल्वे क्रसिङमा हुने दुर्घटना न्यूनीकरणका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन र मालवाहक ढुवानी सेवा सञ्चालन गर्न अभियानले ध्यानाकर्षण गराएको छ । रेल्वे सेवा स्तरोन्नति गरी विसं २०७८ चैत १९ गतेदेखि पुनः सञ्चालनमा आएको हो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.