राजनीति

आन्दोलनलाई साथ दिए समर्थन, नदिए बिरोधमा जाने

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले जारी आन्दोलनलाई साथ नदिने राजनीतिक दलहरूविरुद्ध पनि कदम चाल्ने चेतावनी दिएको छ ।

सोमबार एसोसिएसनले आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै बार उपाध्यक्ष ईश्वरी भट्टराईले नेपाल बार एसोसिएसन सर्वोच्च अदालतको प्रांगणमा मात्रै सीमित नहुने चेतावनी दिन दिनुभएको हो ।

आन्दोलनका विषयमा राजनीतिक दलहरू कानमा तेल हालेर बसेको आरोप लगाउँदै न्यायपालिको स्वतन्त्रताको पक्षमा भइरहेको आन्दालन सर्वोच्च परिसरबाट बाहिर पनि हुनसक्ने चेतावनी दिनुभयो ।

नेपाल बार, नागरिक समाज र जनताले उठाएको विषय राजनीतिक दलले सुन्नुपर्छ कि पर्दैन भन्ने प्रश्न गर्दै न्यायपालिकाको स्वतन्त्र, जनताको आस्था र लोकतन्त्रको रक्षाका निम्ति दलहरुबाट कुनै पहल भएन भने त्यो समयमा हाम्रो आन्दोलन राजनीतिक दलहरुप्रति पनि सोझिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button