जल/वातावरणजापान

नेपालमा नेगेटिभ आएको रिपोर्ट विदेशमा किन हुन्छ पोजेटिभ ? (भिडियोसहित)

कोरोना भाइरस संक्रमण फैलिन नदिन नेपालबाट विदेश जाने र विदेशबाट नेपाल आउनेले पनि कोरोना भाइरसको पिसीआर परीक्षण अनिवार्य हुन्छ तापनि नेपालबाट विदेश जानेहरुको यहाँ नतिजा नेगेटिभ आए पनि विदेशमा तत्काल परीक्षण गर्दा पोजेटिभ आउने गरेको छ ।

नेपालमा पिसीआर परीक्षणको विश्वसनीयतामाथि प्रश्न उठिरहेका बेला विदेश जाने उच्च सरकारी अधिकारीदेखि विद्यार्थी, कामदार तथा भ्रमणमा जानेहरु त्यहाँको विमानस्थलमै परीक्षण गर्दा नेगेटिभ आएर आइसोलेसनमा पुगेका छन् ।

यस्तो किन हुन्छ ? नेपालमा नेगेटिभ आएको मान्छे विदेशमा विमानस्थलमै परीक्षण गर्दा किनन पोजेटिभ आयो ? गैरआवासीय नेपाली संघ एनआरएनए चिवाको आयोजनामा भएको कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले यसका रहस्य खोल्नुभएको छ ।

यस विषयमा दिनुभएको जानकारी जस्ताको तस्तै यो भिडियोमा

नेपालमा पिसीआर गरी जापान, हङकङ लगायतका मुलुकमा गएकाहरुको उता परीक्षण गर्दा पोजेटिभ आएका घटनाका सन्दर्भमा प्रश्न गर्दा डा. पुनले पिसीआर परीक्षण गर्ने पेटोकलमा भरपर्ने बताउनुभएको छ । त्यस्तै उहाँले प्राविधिक समस्या र दोस्रोपटक परीक्षण गर्दाको समयलाई पनि आधार मान्नुपर्ने बताउनु भयो ।

उहाँले नाकबाट स्वाब लिंदा र घाँटीबाट स्वाब लिंदा नतिजा फरक आउने बताउँदै पिसीआर परीक्षणका मापदण्ड विश्वभर एउटै बनाउने हो भने नेपालमा नगेटिभ आउँदा विदेशमा पोजेटिभ आउने समस्याबाट बच्न सकिने सुझाव दिनुभयो।

नेपालमा स्वाब लिदाँ ४० मापदण्ड अपनाईयो तथा अन्य देशमा स्वाब परिक्षणमा ३६ वा ३८लाई मापदण्ड बनाउदाँ पनि कोरोना देखिएको हुनसक्छ। त्यस्तै उहाँले पिसीआर परीक्षण समय र दोस्रोपटक परीक्षण गर्दाको समयलाई पनि आधार मान्नुपर्ने बताउनुभयो। । जस्तै स्वाब परिक्षण पश्चात ७२ घण्टाको बीच समयमा समेत अन्य कोरोना संक्रमण भएको अवस्थामा पनि रिपोर्ट फरक पर्न जान्छ।

राष्ट्रिय आविष्कार केन्द्रका निर्देशक डा महावीर पुन समेतको सहभागितामा रहेको कार्यक्रममा सम्वोधन गर्दै उहाँले नेपालमा कोरोना सुरु भए पश्चात ५९ वढी जिल्लामा स्वास्थ्य सामाग्री तथा अन्य सामानहरु निशुल्क वितरण गरेको जानकारी दिनुभयो।
एनआरएनए चिवा क्षेत्रीय समितिका संयोजक विश्व सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले आफुमा परेको संक्रमण प्रभाव तथा जापानवासी नेपालीहरुको अवस्थामा बारेमा जानकारी गराउनु भएको थियो। रमेश गिरीले प्राविधिक सहयोग गर्नुभएको कार्यक्रममा एनआरएनए आईसीसी एसिया प्यासिफिक युवा संयोजक दीपक कँडेल तथा एनआरएनए चिवा क्षेत्रीय समितिका सहसचिव शंकर सुवेदीले समेत सहभागिता जनाउनु भएको थियो।
नेपाल जापान डटकमका संम्पादक तथा एनआरएनए जापानका सल्लाहकार आनन्द कोइरालाले संचालन गर्नुभएको कार्यक्रमको संयोजन लक्ष्मी केसी महर्जन र पीताम्वर गौतमले गर्नुभएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.