कला/मनोरन्जनकलिउड

डिस्या र डी लख मगर आख्खा लिपिमा फ्युजन गीत सार्वजनिक (भिडियोसहित)

पहिलो चोटी फ्युजन गरिएको मगर भाषाको गीत ‘डिस्या र डी लख’ सार्वजनिक भएको छ । दभ्वाईस अफ नेपाल सिजन एकका प्रतियोगी रित रानामगर र सन्तोष रानामगरको स्वरमा रहेको यस गीतमा डोलराज बाह्रघरे मगरको शब्द तथा संगीत रहेको छ ।

आधुनिक शैलीको गीत एएकोले गीतको भावअनुसार कमर्सियल फ्युजन गर्न खोजिए तापनि मगर समुदायको १८ मगरात र १२ मगरातको मौलिक पहिरन भने झल्काइएको छ । उक्त भिडियोमा सुमाया फेसन विथका संचालिका ईशु जर्गा मगरले ड्रेस डिजाईने गरेका हुन ।

भिडियोमा गाउँ छाडेर गएकी आफ्नो बलापवनको साथी फर्केर आउँदा आफ्ना पुराना दिन बिताएको सम्झना गर्दै माया प्रेम लगाएको कथा चित्रण गरिएको छ । मगर फिल्मका लोकप्रिय नायक तथा गायक सर्जक रमेश बाबु थापा मगरसँगै रियो छमछमी ३ को तेश्रो रनरअप रवीता थापामगरले अभिनय गरेका छन् । यस्तै भिडियोमा बाल कलाकार आयारन आलेमगर र हेम लामाको पनि अभिनय रहेको छ ।

बिपी फिल्म नेपालबाट निर्माण भएको यस गीतको भिडियो करन चैसिरले खिचेका हुन् भने प्रबिन भटट्ले सम्पादन गरेका हुन् । सरजन थापा मगरको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियो हङकङमा रहेका निलम थापामगर र जापानमा रहेकी इन्दिरा गर्बुजा पिठाकोटे मगरले निर्माण गरेका हुन् ।

यस मगर गीतमा मगर अख्खा लिपिमा र नेपालीमा सबटाइटल समेत राखिएको छ भने जीएम फोटो एण्ड भिडियोको युटुब च्यानलमाबाट रिलिज गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.