बाँसका सामग्री बनाउने पेसामा सबै समुदायको आकर्षण
तराई–मधेसमा परम्परागत रूपमा डोम समुदायसँग जोडिएको बाँसका सामग्री बनाउने पेसामा पछिल्लो समय अन्य समुदायका मानिससमेत आकर्षित हुन थालेका छन् ।
घरमै बसेर सीप र श्रमको उपयोग गरी आम्दानी गर्न सकिने भएपछि धनुषाको धनौजी गाउँपालिका–३ स्थित कटैयागाउँका विभित्र जातजाति र समुदायका मानिस यस पेसामा आबद्ध भएका हुन् ।
तराई–मधेसका गाउँबस्तीमा बाँसबाट बनेका ढक्की, डालो, नाङ्लो, सुप्पालगायत सामग्रीको प्रयोग परापूर्वकालदेखि हुँदै आएको छ । घरायसी कामकाजदेखि धार्मिक तथा सांस्कृतिक गतिविधिसम्म प्रयोग हुने यस्ता सामग्री विशेषगरी छठ, विवाह र व्रतबन्धजस्ता पर्व तथा संस्कारमा आवश्यक मानिन्छन् । परम्परागत रूपमा यी सामग्री बनाउने काम डोम समुदायको पेसाका रूपमा परिचित छ ।
पुस्तौँदेखि बाँसको चोया निकालेर विभित्र सामग्री बुन्दै आएको डोम समुदायको जीविकोपार्जनको प्रमुख आधार पनि यही पेसा हो । तर, पछिल्लो समय यो सीप कुनै एउटा जाति वा समुदायमा मात्र सीमित नरही अन्य समुदायमा पनि विस्तार हुँदै गएको छ ।
धनौजी गाउँपालिका–३ को कटैयागाउँमा मुखिया, मण्डल, यादव, चमार, मुस्लिम र साहलगायत समुदायका मानिस बाँसका सामग्री बनाउने काममा संलग्न छन् ।
स्थानीय निर्धन मुखियाका अनुसार गाउँका करिब दुई सय जना यस पेसामा आबद्ध छन् । गाउँमा रहेका डेढ सय घरपरिवारमध्ये अधिकांशका सदस्य कुनै न कुनै रूपमा बाँसका सामग्री उत्पादनमा संलग्न रहेको उहाँले बताउनुभयो ।
“डोम समुदायले मात्र बाँसका सामग्री बुन्छन् भत्रे सोच सही होइन । सीप हुनेले जुनसुकै समुदायका मानिसले पनि यो काम गरेर आम्दानी गर्न सक्छन्,” मुखियाले भत्रुभयो ।
उहाँका अनुसार कटैयामा विभित्र समुदायका मानिसले एकअर्काबाट सीप सिकेर यो पेसा अपनाएका हुन् । सुरुमा केही परिवारले मात्र गर्दै आएको काम विस्तारै अन्य परिवारमा पनि फैलिएको हो ।
बाँसका सामग्री उत्पादन गर्न ठूलो लगानी आवश्यक नपर्ने र उत्पादित सामग्री बिक्रीबाट आम्दानी गर्न सकिने भएकाले स्थानीय बासिन्दाको आकर्षण बढेको उहाँको भनाइ छ ।
बाँसका सामग्री उत्पादनमा संलग्न स्थानीय अरबिन्दकुमार साह पनि यसलाई जातीय पहिचानसँग जोडेर हेर्न नहुने बताउनुहुन्छ । लामो समयदेखि बाँसको चोयाबाट ढक्कीलगायत सामग्री बनाउँदै आउनुभएका उहाँका अनुसार कटैयामा डोम समुदायबाहेक अन्य समुदायका मानिस पनि उल्लेख्य सङ्ख्यामा यो पेसामा संलग्न छन् ।
साहका विचारमा कुनै पनि काम सानो वा ठूलो हुँदैन । सीप र मेहनतबाट आम्दानी गर्न सकिने भएकाले पेसालाई जातीय प्रतिष्ठासँग जोडेर हेर्न आवश्यक छैन । काम गर्न लाज मात्रे प्रवृत्तिले बेरोजगारी बढाउने उहाँको बुझाइ छ ।
“त्यसै बसिरहँदा कसैले दुई रुपियाँ दिँदैन । जुनसुकै काम भए पनि लाज मात्रुहुँदैन । काम गरेर खानुपर्छ,” उहाँले भत्रुभयो ।
उहाँका अनुसार बाँसका सामग्री बनाएर दैनिक करिब रु एक हजारसम्म आम्दानी हुने गरेको छ । कामको मात्रा, सामग्रीको प्रकार र बजारको मागअनुसार आम्दानी फरक पर्ने भए पनि यसबाट घरखर्च चलाउन सहयोग पुगेको उहाँले बताउनुभयो ।
कतिपय इष्टमित्र तथा आफन्तले अन्य व्यवसाय गर्न सुझाव दिए पनि आफूलाई यही पेसाबाट हुने आम्दानी र कामप्रति सन्तुष्टि रहेको साहले बताउनुभयो । घरमै बसेर आफ्नै सीप प्रयोग गरी काम गर्न सकिने र उत्पादित सामग्रीको बजारमा मागसमेत रहेकाले यसलाई निरन्तरता दिएको उहाँको भनाइ छ ।
छठसँगै बढ्छ बाँसका सामग्रीको माग
छठपर्व नजिकिएसँगै कटैयागाउँमा बाँसका सामग्री बनाउनेहरूको व्यस्तता बढेको छ । पूजाका लागि आवश्यक ढक्की, डालो, नाङ्लो र सुप्पालगायत सामग्रीको माग बढेपछि स्थानीयलाई उत्पादन गर्न भ्याइनभ्याइ भएको छ ।
तराई–मधेसमा छठपर्व विशेष श्रद्धा र आस्थाका साथ मनाइन्छ । सूर्यदेव र छठी माताको पूजा आराधनाका क्रममा बाँसबाट बनेका सामग्री प्रयोग गरिन्छ ।
पूजा सामग्री राख्नेदेखि प्रसाद र फलफूल सजाउनेसम्मका काममा ढक्की, डालो र सुप्पाको प्रयोग हुने गर्छ । बाँसका सामग्रीलाई परम्परागत र पवित्र मानिने भएकाले छठका बेला यसको माग अन्य समयभन्दा बढी हुने गरेको छ ।
पर्वका बेला माग बढ्ने भएकाले उत्पादकहरू पहिले नै तयारीमा जुट्ने गरेका छन् । बजारको मागअनुसार सामग्री तयार पार्न परिवारका अन्य सदस्यसमेत काममा खटिने गरेका छन् । यस समयमा उत्पादन भएका सामग्री सहजै बिक्री हुने गरेको स्थानीयको अनुभव छ ।
यद्यपि, कटैयाका बासिन्दाको यो पेसा छठपर्वमा मात्र सीमित छैन । वर्षभरि घरायसी प्रयोजनका लागि आवश्यक ढक्की, डालो, नाङ्लो र अन्य सामग्री उत्पादन हुने गरेको छ । पर्वविशेषमा बिक्री बढे पनि अन्य समयमा पनि बजारको माग रहने भएकाले यसबाट नियमित आम्दानी हुने गरेको स्थानीय बताउँछन् ।
उत्पादित सामग्री बिक्री गर्न स्थानीयलाई टाढाका बजारसम्म पुग्नुपर्ने बाध्यता पनि छैन । व्यापारीहरू सामग्री खरिद गर्न गाउँमै आउने गरेका छन् ।
यसले उत्पादकलाई बजार खोज्न र ढुवानीमा लाग्ने खर्च कम गर्न सहयोग पुगेको छ । गाउँमै उत्पादन गरी व्यापारीमार्फत बिक्री गर्न सकिने भएकाले धेरै परिवारले यसलाई आम्दानीको नियमित स्रोत बनाएका छन् ।
घरमै रोजगारी र आम्दानी
बाँसका सामग्री बनाउने कामका लागि ठूलो उद्योग, आधुनिक मेसिन वा धेरै जनशक्ति आवश्यक पर्दैन । सामान्य औजार, बाँस र सीपको सहायताले घरमै बसेर यो काम गर्न सकिन्छ । परिवारका सदस्यले आफ्नो अनुकूल समयमा काम गर्न सक्ने भएकाले ग्रामीण क्षेत्रका बासिन्दाका लागि यो पेसा आयआर्जनको माध्यम बनेको छ ।
गाउँमा रोजगारीका अवसर सीमित रहेका बेला स्थानीय स्रोतसाधनको उपयोग गरी आम्दानी गर्न सकिने यो एउटा सम्भावनायुक्त पेसा हो । गाउँमै बसेर काम गर्न चाहने तथा अन्य रोजगारीमा संलग्न हुन नसक्नेहरूका लागि बाँसका सामग्री उत्पादनले स्वरोजगारको अवसर दिएको छ ।
यस पेसामा संलग्न परिवारले आफ्नो अनुभव र सीपका आधारमा विभित्र आकार तथा प्रकारका सामग्री उत्पादन गर्दै आएका छन् । बजारको मागअनुसार सामग्रीको आकार, बनावट र गुणस्तरमा ध्यान दिनुपर्ने हुन्छ । ग्राहकको आवश्यकता बुझेर सामग्री उत्पादन गर्न सके बिक्री सहज हुने स्थानीयको अनुभव छ ।
यद्यपि, यस पेसालाई थप व्यवस्थित र व्यावसायिक बनाउन बाँसको सहज उपलब्धता, उचित मूल्य, उत्पादनको गुणस्तर र बजार विस्तारमा ध्यान दिनुपर्ने देखिन्छ ।
परम्परागत सीपलाई बजारको आवश्यकतासँग जोड्न सके यसबाट थप आम्दानी लिन सकिने सम्भावना छ । स्थानीयस्तरमै सीप विकास, उत्पादन विविधीकरण र बजारीकरणमा सहयोग पुर्याउन सके बाँसका सामग्री उत्पादन ग्रामीण अर्थतन्त्रको महत्त्वपूर्ण आधार बत्र सक्छ ।
सीपको विस्तारसँगै सामाजिक सोचमा परिवर्तन
कटैयागाउँमा विभित्र समुदायका मानिस एउटै पेसामा आबद्ध हुनुले सामाजिक परिवर्तनको सन्देश पनि दिएको छ । परम्परागत रूपमा निश्चित जाति वा समुदायसँग जोडिएका पेसा अन्य समुदायले पनि अपनाउन थालेपछि श्रम र पेसाप्रतिको सामाजिक दृष्टिकोणमा परिवर्तन आउन थालेको देखिन्छ ।
समाजमा लामो समयदेखि जात र समुदायका आधारमा पेसाको पहिचान गर्ने प्रवृत्ति रहँदै आएको छ । कतिपय पेसालाई निश्चित समुदायको कामका रूपमा हेर्ने सोच अझै कायम छ । तर कटैयाका बासिन्दाले सीप र श्रमलाई प्राथमिकता दिँदै यस्तो सोचलाई चुनौती दिएका छन् ।
स्थानीय बासिन्दाका अनुसार कामको सम्मान हुनुपर्छ, काम गर्ने व्यक्तिको जात वा समुदाय हेर्नुहुँदैन । मेहनत गरेर जीविकोपार्जन गर्नु नै महत्त्वपूर्ण कुरा हो । यही सोचका कारण गाउँमा विभित्र समुदायका मानिस एउटै पेसामा आबद्ध हुन सहज भएको छ ।
बाँसका सामग्री बनाउने पेसाले कटैयाका बासिन्दालाई आम्दानीको अवसर दिनुका साथै परम्परागत सामाजिक मान्यतामाथि पुनर्विचार गर्नसमेत प्रेरित गरेको छ । एउटा समुदायमा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप अन्य समुदायमा पनि विस्तार हुनु श्रमको सम्मान र सीपको निरन्तरताका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।
धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहका अनुसार कटैयागाउँको अभ्यासले परम्परागत पेसा र सीपलाई जातीय घेराभन्दा माथि उठाएर हेर्नुपर्ने सन्देश दिएको छ ।
“कुनै पनि पेसा सानो वा ठूलो हुँदैन, त्यसमा लाग्ने सीप, मेहनत र इमानदार प्रयास नै महत्त्वपूर्ण हुन्छ भत्रे उदाहरण यहाँका बासिन्दाले प्रस्तुत गरेका छन्,” उहाँले भत्रुभयो ।
बाँसको चोयाबाट सामग्री बुनेर जीविकोपार्जन गरिरहेका स्थानीयको प्रयासले स्थानीय स्रोतसाधनको उपयोग, स्वरोजगार र सामाजिक सद्भावलाई एकसाथ जोडेको अध्यक्ष साहले बताउनुभयो ।(रासस)




प्रतिक्रिया राख्नुहोस्