राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले चौथो जित निकालेको छ । मंगलबार भएको खेलमा जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्रतियोगितामा चौथो जित निकालेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनायो । सुदूरपश्चिमका लागि ब्रेण्डन म्याक्मुलेनले ३३ रन बनाए हने थरिन्दु रत्नायकेले अविजित २६ रन जोडे ।
त्यस्तै आरिफ शेखले ११ रन जोड्दा सैफ जेब र विनोद भण्डारीले समान १०–१० रन बनाए । बलिङतर्फ जनकपुर बोल्ट्सका लागि कप्तान हरमित सिंहले चार विकेट लिए भने तथा आदित्य महता, अभिषेक तिवारी, ह्यारी टेक्टर र राहुल यादवको भागमा समान एक एक विकेट रह्यो । सुदूरपश्चिमले दिएको १२१ रन्को लक्ष्य लिएर मैदान उत्रेको जनकपुर १९ दशमलव ५ ओभरमा ९३ रनमा अलआउट भयो ।
जनकपुरको लागि तृतराज दाशले २१, जिमी निशमले २०, राहुल यादवले ११ र आदित्य महताले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।सुदूरपश्चिमको लागि स्कट कुगलिनले तीन विकेट लिए भने हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी, थरिन्दु रत्नायके, अनिल खरेल र इशान पाण्डेको भागमा समान एक-एक विकेट रह्यो ।
जितसंगै सुदूरपश्चिम छ खेलमा चारमा जित र दुईमा हारसहित आठ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने समान खेलमा चार अंक जोडेको जनकपुर पाँचौं स्थानमा रहेको छ ।




प्रतिक्रिया राख्नुहोस्