राजनीति

मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच शिष्टाचार भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच आज भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ ।

विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलन, २०२६ मा सहभागी हुनुभएका मन्त्री साहले सम्मेलनलाई सम्बोधन गरेपछि मुख्यमन्त्री नायडुसँग भेट गर्नुभएको हो ।

भेटका क्रममा मन्त्री साहले नेपाल र आन्ध्र प्रदेशबीच द्विपक्षीय व्यापार अभिवृद्धि, लगानी प्रवर्द्धन तथा धार्मिक एवं आरोग्य पर्यटन विकासमा सहकार्य तथा आर्थिक साझेदारी विस्तार गर्नुपर्ने बताउनुभयो ।

मन्त्री साहले नेपाल जलविद्युत्, पर्यटन, स्वच्छ ऊर्जा तथा प्रविधि विकासका क्षेत्रमा लगानीका लागि उपयुक्त गन्तव्य रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री नायडुले मन्त्री साहले उठाउनुभएका विषयमा आन्ध्र प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गर्दै क्षेत्रीय सहकार्यका लागि इच्छुक रहेको बताउनुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.