क्रिकेटखेल

कर्णालीलाई पराजित गर्दै लुम्बिनी एनपिएलको प्ले अफमा

लुम्बिनी लायन्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गदै लुम्बिनी प्ले अफमा प्रवेश गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले १९ दशमलव २ ओभरमा १०५ रनमा अलआउट भयो । कर्णालीको लागि सोमपाल कामीले २८ रन बनाए भने हुसेन तलतले २४ रन जोडे । त्यस्तै गुलसन झाले १३ र पवन सराफले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीको लागि रोहित पौडेल, अभिशेष गौतम, किशोर महतो र डार्सी सर्टले समान दुई-दुई विकेट लिए भने रुबेन ट्रमपलम्यान र शेर मल्लको भागमा समान एक-एक विकेट रह्यो । कर्णालीले दिएको १०६ रनको लक्ष्य लिएर मैदान उत्रेको लुम्बिनीले १६ दशमलव ४ ओभरमा ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

लुम्बिनीको लागि डार्सी सर्टले ३४ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ४६ रन बनाए भने दिलिप नाथ २८ रनमा अविजित रहे । यस्तै निरोशन डिकवालाले १६ रन जोडे । कर्णालीको लागि मार्क वाटले चार विकेट लिए भने पवन सराफ र हुसेन तलतको भागमा समान एक-एक विकेट रह्यो ।

जितसंगै छ खेल खेल्दा चारमा जित, एक खेलमा हार र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको लुम्बिनी नौ अंक सहित शीर्ष स्थानमा रहँदै प्ले अफ पुग्ने पहिलो टोली बनेको छ भने छ खेलमा चारमा पराजय र दुईमा मात्र जित हात पारि चार अंक जोडेको कर्णाली प्ले अफ सम्भावना कठिन भएको छ ।

एनपिएल अन्तर्गत नै बिहीबारै भएको पहिलो खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई चार विकेटको पराजित गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.