क्रिकेटखेल

एनपिएलमा कर्णालीद्वारा चितवन २४ रनले पराजित

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले चितवन राइनोजलाई पराजित गरेको छ । आइतबार भएको दिनको पहिलो खेलमा कर्णालीले चितवनलाई २४ रनले पराजित गरेको हो ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो । करानालिको लागि हुसेनत तलते ३३ बलमा २ चौका र १ छक्का मद्दतमा अविजित रहँदै ५१ रनको अर्धशतकीय पारी खेले भने अरिफुल इस्लामले आक्रमक ब्याटिङ गर्दै १५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३५ रन बनाए ।

त्यस्तै गुल्सन झाले ६ बलमा १ चौका र २ छक्काको सहयोगमा १८ रन जोड्दा पवन सर्रफले १५ रन बनाए । बलिङमा चितवनका लागि कमल सिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले समान दुई-दुई विकेट लिए भने रिजन ढकाल र कप्तान सिकन्दर राजाको भागमा समान एक-एक विकेट रह्यो । कर्णाली याक्सले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १९.१ ओभरमा सबै विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।

चितवनका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका उसामा मिरले सर्वाधिक २८ रन बनाए भने देव खनालले १४ रन जोडे । यस्तै कुशल मल्लले १८ रन जोड्दा अशोक धामीले ११ रन बनाए । बलिङमा कर्णालीका लागि हुसेन तलतले तीन विकेट लिए भने मार्क वाट र पवन सर्राफले समान दुई-दुई विकेट लिँदा सोमपाल कामीको भागमा एक विकेट लिए ।

प्लेअफ होडबाट बाहिरिएको कर्णालीले लिग चरणको अन्तिम खेल जितको साथ प्रतियोगिताको अन्त्य गरेको छ भने चितवनले यस खेलअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.