राजनीति

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयतको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलसमक्ष गणतन्त्र भारतका लागि राजदूत डा निश्चलनाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि डा कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेशकुमार कर्णले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा शपथ लिनुभएको हो ।

२ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा देशका राजदूत नियुक्त गर्नका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले १३ जना मध्ये १० जनाको नाम अनुमोदन गरेको थियो । १० जना प्रस्तावित राजदूतहरू मध्ये भारत, चीन र इजरायलका राजदूतको अग्रिमो आएको थियो ।

समितिले मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेल र साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनारको नाम अस्वीकृ गरेको थियो भने जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाले नाम फिर्ता लिनुभएको थियो । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.