कला/मनोरन्जनकलिउडजापान

जापानबाट दिपेशको ‘पागल’ सार्वजनिक (भिडियोसहित)

द वड्स ब्यान्ड नेपाल र डिपेस् एन्ड द ब्यान्ड जापानका गायक दीपेश श्रेष्ठले आफ्नो नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । सो म्यूजिक भिडियोको छायांकन जापानकै मनोरम स्थलहरुमा गरिएको छ ।

हाल आफ्नो नयाँ सोलो एल्बम साथित्वको तयारीमा रहेका दिपेशले सोही एल्बममा समाबेश गरिएको “पागल” गीत को म्युजिक भिडियो वहाँको आधिकारिक यूट्यूब मार्फत सार्वजनिक गरेका छन् ।

यस गीतको संगीत संयोजन द वड्स ब्यान्ड नेपालका गीतारवादक् सुदिप सिंहले गरेका छन् भने म्युजिक भिडिओको निर्देशन, छायांकन सम्पादनको जिम्वेवारी लामो समयदेखि जापानमा एनिमेसन सम्बन्धी कार्यमा संलग्न सुदिप प्रधानले सम्हालेका छन् ।

यस भिडिओलाई जापानको पर्यटकिय ठाउँ सिजुओकाको समुन्द्री किनार लगायत, टोकियोको अति व्यस्त शहर सिबुयामा छायांकन गरिएको छ । गीतमा प्रियंका कार्की, उज्वल महर्जन, शार्दुल महर्जनले अभिनयन गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button