राजनीति

डिसेम्बर १४ सम्म एमसीसीको टुंगो लगाउन प्रचण्डसंग अमेरिकी सहायकमन्त्री लुको समयसीमा

नेपालमा बहुविवादित रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी)लाई मंसिर २८ (१४ डिसेम्बर) भित्र टुंगो लगाउन नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले समयसीमा दिनुभएको छ ।

नेपाल भ्रमणमा रहनुभएका लुले आज सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको शुक्रबारको भेटमा सम्झौता नेपालले लिने कि नलिने भन्ने यही मंसिर २८ गतेसम्म टुंगो गर्न समयसीमा दिनुभएको हो ।

त्यस अवसरमा लुले सो समयसम्म नेपालले टुंगो नगरे अमेरिकाले यो सहयोग अन्यत्र लैजानेबारे विकल्प अघि बढाउने जानकारी दिनुभएको थियो ।

अध्यक्ष प्रचण्डसंगको भेटमा सहायक विदेशमन्त्री लुले नेपालले एमसीसी सम्झौता हुन्छ कि हुन्न भन्ने जवाफ भन्ने १४ डिसेम्बरसम्म भन्नु चाहियो । नत्र अयन्त्र ट्रान्सफर गर्छौं भने पनि अध्यक्षले भने स्पष्ट जवाफ उहाँका स्वीकय सचिव रमेश मल्लले बतानुभयो ।

भेटमा अध्यक्ष प्रचण्डले विदेशीहरू सहयोग लिने विषयमा नेपाल सकारात्मक नै रहेको तर एमसीसी सम्झौता कागजातका कारण नेपालमा अहिले बहस चलिरहेको बताउनुभएको थियो । उहाँले पहिले भएको सम्झौतामा पछि संसदीय अनुमोदनको कुरा जोडिएपछि नेपालमा बहस चलेको जानकारी दिनुभएको थियो ।

यसै गरी सहायमन्त्री लुले शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेर एमसीसीको विषयमा प्रश्न गर्नुभएको थियो ।

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार अध्यक्ष ओलीले आफूहरू विपक्षमा रहेकाले यो विषयमा सत्तारुढ दलले केही नभनेको जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button