आम निर्वाचन २०७९
सप्तरी २ मा सिके राउत गन्न बाँकी मतभन्दा दोब्बरले अघि
पृथकतावादी गतिविधि छाडेर मूलधारको राजनीतिमा आउनुभएका सिके राउत सप्तरी २ मा पहिलो प्रयासमै लोकप्रिय मतसहित विजय हुने निश्चित भएको छ ।

८ हजार हाराहारीको मतगणना हुन बाँकी रहँदा राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १५ हजार ५ सय ५१ मतान्तरले पछि पार्नुभएको छ ।
यहाँ ६४ हजार ५६० मत खसेको थियो । जसमध्ये ५६ हजार १४८ मत गणना हुँदा राउतले ३० हजार ६६९ मत ल्याउनुभएको छ भने यादवले १५ हजार १५८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ६ हजार १ सय ११ मत मात्र प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्