आम निर्वाचन २०७९

ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी

ललितपुर निर्वाचन क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धीभन्दा १३ हजार बढी मतले विजयी हुनुभएको हो ।

सो क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार रहनुभएका माओवादी नेतृ तथा ऊर्जा मन्त्री पम्फा भुसाल तेस्रो स्थानमा खुम्चिनुभयो ।

डा. कार्कीले ३१ हजार १ सय ६३ मत सहित विजयी हुँदा नेकपा एमालेका उम्मेद्वार अमृत खड्काले १८ हजार १ ६३ मत प्राप्त गरी दोस्रो स्थानमा रहनुभयो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वरिष्ठ सर्जनका रुपमा कार्यरत डा. कार्कीले त्यहाँबाट राजीनामा दिएर राजनीतिमा होमिनुभएको हो ।

नेपाल मेडिकल काउन्सिलको सदस्य रहेको र त्यो लाभको पद भएको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्ने निर्णय गरे पनि सर्वोच्च अदालतले उहाँको उम्मेदवारी कायम राखेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.