निरजकुमार यादवको शतकीय पारीमा नेपालले युएईमा जारी एसिसी यु–१९ प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । मङ्गलबार भएको खेलमा नेपालले साउदी अरबियालाई आठ विकेटले पराजित गरेको हो ।
यूएईको अजमानस्थित करवान ग्रुप मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको साउदी अरबियाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो । साउदीका लागि मोहम्मद जुबेर सुनसाराले सर्वाधिक ४८ रन बनाए भने मोहम्मद रेहान सिद्दीकीले ४१ रन जोड्दा ओमै अहमद वहाबले ३९ रन बनाए ।
नेपालका लागि अशोक धामीले दुई विकेट लिए भने दर्श सोनार, सिब्रिन श्रेष्ठ, सुशीलबहादुर रावल र दयानन्द मण्डलको भागमा समान एक-एक विकेट रह्यो । साउदीले प्रसुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले ३०.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि निरजकुमार यादवले ९० बलमा १३ चौका र एक छक्कासहित १ सय १४ रनको शतकीय पारी खेले भने निश्चल क्षेत्रीले ६६ रनम अविजित रहे। त्यस्तै वंश क्षेत्रीले ३० रन जोडे । अब नेपालले दोस्रो खेल बिहीबार हङकङसँग खेल्नेछ।




प्रतिक्रिया राख्नुहोस्