विश्व समाचार

हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने

यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।

पाकिस्तानी सेनाले आइतबार विज्ञप्ति जारी गर्दै विद्यमान रक्षा सहकार्य सम्झौताअनुसार साउदी अरबको भूमिभित्र रहेर सैनिकले जिम्मेवारी निर्वाह गर्ने जनाएको छ । तर, सैनिकको सङ्ख्या, तैनाथीको अवधि र कार्यक्षेत्रबारे खुलाइएको छैन ।

साउदी अरब र पाकिस्तानले टर्कीसँगै गत अगस्ट ७ मा मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार कुनै एक सदस्य राष्ट्रमाथि आक्रमण भए तीनवटै राष्ट्रमाथि आक्रमण भएको मानिनेछ । तीन देशले उक्त सम्झौता कुनै विशेष मुलुकविरुद्ध लक्षित नरहेको स्पष्ट पार्दै आएका छन् ।

इस्लामाबादमा दुई दिनअघि भएको तीन देशका रक्षा तथा सैन्य अधिकारीहरूको बैठकले पनि साउदी अरबप्रतिको सामूहिक रक्षा प्रतिबद्धता दोहोर्याएको थियो ।

यसअघि रियादमा भएको बैठकमा सैन्य बल र उपकरण शीघ्र परिचालन गर्ने व्यवस्थासहित सम्झौता कार्यान्वयन गर्ने सहमति भएको थियो ।

पाकिस्तानी सेनाले मक्का र मदिनास्थित इस्लामका दुई पवित्र मस्जिदको सुरक्षाप्रतिको प्रतिबद्धता पनि दोहो¥याएको छ । पछिल्लो तैनाथीले क्षेत्रीय सुरक्षा चुनौतीबीच साउदी अरबको रक्षात्मक क्षमता थप बलियो बनाउने उसको भनाइ छ । (रासस/एपी)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.